
काठमाडौँ, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाली काँग्रेसले विश्वासको मत दिने भएको छ ।
शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले सदस्यहरुसँग विश्वाको मत मागेका थिए ।
बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा आफूहरुले मत दिँदैमा विश्वासको मत नपुग्ने भनेर जान्दा जान्दै पनि आफूहरुले पक्षमै मत दिने निर्णय लिएको बताए ।
उनले भने, ‘राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन ।’ काँग्रेसले तल परेका, साना, निमुखालाई तान्ने कुरा गर्दै आएको प्रस्ट पार्दै उनले प्रदेशसभामा पनि आफूहरुले कमजोर पक्षलाई नै साथ दिने निर्णय गरेको बताए ।
‘सत्ताको लोभका लागि होइन,’ उनले भने, ‘सत्ताकै लोभ गर्ने भए त ठूलै दलतिर, बहुमत पुग्नेतिरै लाग्थ्यौँ होला ।’















प्रतिक्रिया