शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमाले सांसद रावल बस्ने घरमा ढुङ्गा हान्ने पक्राउ

दैनिक नेपाल २०७८ वैशाख २ गते २०:०१

सांकेतिक तस्वीर

काठमाडौँ, २ वैशाख । काठमाडौँ महानरगपालिका–३१ कारेश्वर मन्दिर नजिक सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने रामेछाप गोकुल गाउँपालिका–१ घर भएका २२ वर्षीय मनोज तामाङ र ललितपुर इमाडोल बस्ने पाँचथर फिदिम नगरपालिका–१० याङ्नाम घर भएका २४ वर्षीय नसिम लिम्बु रहेका छन् ।

सांसद रावल बस्ने घरमा बुधबार राति अपरिचित व्यक्तिहरु अनाधिकृत रुपमा प्रवेश गरी ढुङ्गामुढा गर्ने कार्य संलग्न रही फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित