बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँ वर्ष २०७८ को नयाँ एक्सचेन्ज योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’

दैनिक नेपाल २०७८ वैशाख २ गते १५:३२

काठमाडौँ, २ वैशाख । नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले आफ्नो नयाँ वर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बारफोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन् । सामसङलको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन् ।

नयाँवर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्छन् ।

एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुशी थप्ने विश्वास सामसङले लिईएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन् ।

ग्यालेक्सी एम ०१ कोरमा १ जीबी र्यामर १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम ०२ माग्राहकले आफ्नो आवश्यकताअनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् ।

ग्यालेक्सीएम०१ कोर र ग्यालेक्सीएम०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।

आफुसँग भएकोे कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभूत शर्तहरु लागू हुनेछन् । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ ।

दोस्रो, फोनको ब्याट्रि, स्क्रिन र फोनको बडी सही अवस्थामा हुनुपर्दछ । यी दुई शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरिने छ र नयाँ फोन किन्नका लागि ग्यारेन्टिड रु. ८०० का साथ एक्स्चेन्ज प्रदान गरिनेछ ।

यो योजना२०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि संचालनमा रहने छ ।

प्रतिक्रिया
सम्बन्धित