बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

दिल्लीमा कोरोना संक्रमण फैलिएपछि ‘विकेन्ड कर्फ्यू’

दैनिक नेपाल २०७८ वैशाख २ गते १५:२३

नयाँ दिल्ली, २ वैशाख । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण २५ गुणाले बढेपछि सरकारले ‘विकेन्ड कर्फ्यू’ जारी गर्ने भएको छ ।

संक्रमण बढ्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज भोली शुक्रबारदेखि सोमबारसम्म कर्फ्यू लगाउने घोषणा गरेका हुन् । दिल्लीमा विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू गर्ने जनाइएको छ ।

दिल्ली सरकारले विकेन्ड कफ्र्युको क्रममा धेरै प्रतिवन्ध लगाएको छ । कफ्र्युको समयमा अत्याआवश्यक सेवाहरु खुल्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित