२ कार्तिक २०८३, सोमबार

रगत जमेपछि डेनमार्कले रोक्यो कोरोनाविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डेनमार्क, २ वैशाख । डेनमार्कले कोरोनाविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप लगाउन बन्द गरेको छ ।

यो खोप लगाएका केही व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि खोप लगाउन बन्द गरेको बताइएको छ ।

खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिन थालेपछि खोप अभियान स्थगित गरेको डेनमार्कका अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

युरोपियन मेडिसिन एजेन्सीले खोपकै कारण रगत जमेको हुन सक्ने बताएपछि डेनमार्कले यो खोपमा रोक लगाएको छ ।

खोप लगाएका हरेक ४० हजारमध्ये एक व्यक्तिमा रगत जम्ने समस्यमा पाइएको डेनमार्कका स्वास्थ्य अधिकारीको दाबी छ ।

यसअघि युरोपका कतिपय राष्ट्रहरूले अक्सफोर्ड एस्ट्राजेनेका खोपका कारण रगत जमेको भन्दै यो खोप प्रयोगमा रोक लगाएको थियो ।