८ कार्तिक २०८३, आइतबार

कुमारी क्यापिटलको अनलाईन डिम्याट खाता तथा लगानी मेला २०७८

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ वैशाख । कुमारी क्यापिटल लिमिटेडले नव बर्ष २०७८ को अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ ।

नयाँ तथा पुरानो लगानीकर्ताहरुलाई धितोपत्रमा लगानीको योजना, धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ति ब्यवस्थापन सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि निशुल्क सेवा संचालनमा ल्याएको छ ।

अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरि ५ प्रतिशत क्यास ब्याक पाउन सकिने छ ।

लगानी मेलाबाट सर्वसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरी परामर्श सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । लगानीकर्ताहरूले यस संस्थाको लगानी विशेषज्ञहरूद्वारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी लगानीको योजना बनाई धेरै भन्दा धेरै लाभ लिन सक्ने छन ।

साथै, अनलाइन मार्फत हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइटमा गई अनलाइन लिंकमा क्लिक गरेर अनलाइन डिम्याटमा गई सम्पुर्ण आवश्यक विवरण प्रबिष्ट गरि हितग्राही खाताको लागि एक पटक नजिकैको कुमारी बैंक लिमिटेडको शाखा कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्म दर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो हितग्राही खाता खोल्न सकिने छ ।

यस लगानी मेलामा परामर्श सेवा बैशाख महिना भरि निःशुल्क गरिएको कम्पनीले जनाएको छ । साथै, यस मेला मार्फत कुमारी क्यापिटलको लगानी ब्यवस्थापन सेवामा आवद्ध हुने सम्पुर्ण लगानीकर्ता लाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ ।