
काठमाडौँ, १ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा गत २४ घण्टामा थप ६०३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
४५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ र ५८० जनाको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ८१ हजार ५ सय ६४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये ८० जना आइसीयुमा र २५ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै, संक्रमित हुनेमा काठमाडौँ उपत्यकामा मात्रै २५४ जना रहेका छन् ।
हालसम्म निको हुनेको ९७.५ प्रतिशत भन्दा बढि रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १२९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७४ हजार ४ सय ४७ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६ जना रहेको छ ।
२४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ६१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २३ लाख २५ हजार ९ सय ५९ जनाको पीसीआर परीक्षण भइसकेको छ ।















प्रतिक्रिया