५ मंसिर २०८३, शनिबार

एमसीसीमा संसदले निर्णय नगरेकोमा प्रधानमन्त्री ओली असन्तुष्ट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी ओलीले अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता एमसिसीमा संसदले निर्णय नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका कारण एमसिसी सम्झौता सदनमा पेस हुन नसकेको बताए ।

उनले ती दुबै पार्टी सरकारमा हुँदा एमसिसी सम्झौता अघि बढाउने निर्णय भए पनि आफ्नो सरकारले संसदमा पठाएको सम्झौता निर्णयार्थ पेस नै नगरिएको बताए । उनले यस्तो गरिनु संविधानविपरीत भएको पनि बताए ।

‘सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन’, उनले भने, ‘अहिले हामीले संविधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति झेलिरहेका छौं ।’