३ कार्तिक २०८३, मंगलबार

अन्तराष्ट्रिय चलचित्र महोत्सवमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) २०२१ मा यो वर्ष तीन वटा नेपाली चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत भाग लिने भएका छन ।

आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार महोत्सवका लागि नेपाली चलचित्र ‘लाटो कोसेरो’, ‘सरिता ११ वर्ष’ र ‘आमा खान्डो’ फिचर फिल्म प्रतिस्पर्धाका लागि छानिएका छन् ।

महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४५० वटा चलचित्र प्राप्त भएको पाठकले जानकारी दिएका छन् । आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ वटा चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाका लागि पहिले नै छनोट गरिएको थियो । तर, नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी थियो । अब भने निफमा ६६ वटा फिल्म प्रतिस्पर्धा गराइने छ ।

उल्लेखित ३ वटा चलचित्र मध्यबाट एउटा चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्री ट्रफी पाउने छन् ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित शुरू भएको फेस्टिभलमा यो वर्ष कोरोना महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजकको भनाइ छ ।

कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्ने छन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिने छ ।

महोत्सव २०७८ वैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने छ ।