
काठमाडौं, ३१ चैत । चर्चित साङ्तिक समूह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् ।
नेपाली नयाँ वर्ष २०७८ को अवसर पारेर आगामी वैशाख १ गते बुधबार ठमेलको छाँयासेन्टरस्थित प्लेब्वाई लाउञ्ज एण्ड क्लबमा आयोजना गर्न लागिएको ‘द मंगोलियन शो’ कार्यक्रममा उनले गीतसंगीतबाट सबैलाई नचाउने भएका हुन् ।
कार्यक्रममा राजुले ‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’लगायत नयाँ तथा पुराना थुपै्र गीतहरु प्रस्तुत गर्ने छन् । कार्यक्रममा लामाले दर्शकको फर्माइसमा समेत गीत गाउने बताइएको छ ।

नेपाली चलचित्र र गीतसंगीत क्षेत्रका थुप्रै कलाकारको समेत सहभागिता रहने कार्यक्रम नयाँ वर्षमा दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले आयोजा गर्न लागेको लाउञ्जका सञ्चालक अमित पौडेलले बताए । हस्पिटालीटी, पार्किङलगायत विभिन्न सुबिधा समेत रहेको लाउञ्जमा मङ्गोलियन हर्टको प्रस्तुति रहने भए पनि टेबुल बुकिङ समेत हुन थालेको पौडेलले जानकारी दिए ।















प्रतिक्रिया