बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

दोलखामा जीप दुर्घटना, एकै गाउँका चार जनाको मृत्यु

दैनिक नेपाल २०७७ चैत ३१ गते ६:५३

फाइल तस्वीर

चरिकोट, ३१ चैत । दोलखा जिल्लाको बिगु गाउँपालिका–४, सिँगटीमा जीप खस्दा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार बेलुकी ११ बजेतिर सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खसेको हो ।

मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्का छन् । उनीहरू सबै एकै गाउँका रहेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीया सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का छन् । यस्तै सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का पनि घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका १० महिने शिशु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । उनीहरू सबै तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।

उकालो कच्ची बाटोमा क्षमताभन्दा बढी यात्रु बोकेको जीप चालकले घुम्ती काट्न नसक्दा अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित