शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एमाले सम्वद्ध सम्पर्क मञ्चद्वारा आयोजित फुटसल प्रतियोगितामा आयोजक समूह विजयी

दैनिक नेपाल २०७७ चैत ३० गते १४:४७

काठमाडौँ, ३० चैत । नेकपा एमाले झापा काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं ३ ले आयोजना गरेको जिल्लास्तरिय वृहत फुटसल प्रतियोगितामा आयोजक क्षेत्र नं ३ समुह एको टिम विजयी भएको छ ।

चैत २९ गते भएको फाइनल खेलमा क्षेत्र नं २ को समुह बीको टिम उप-विजेता हुन भएको छ ।

समूह ए र समुह बीमा रहेका अन्य १४ वटा टिमलाई पछि पार्दै यि दुई टिमले फाईनलको यात्रा तय गरेका थिए ।

विजेता टिमले नगद २५ हजार रुपैयाँसहित मेडल ट्रफि र प्रमाण पत्र हात प्राप्त गरेको छ भने उप–विजेता टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड ट्रफि र प्रमाण पत्र हात पार्न सफल भएको छ ।

त्यस्तै खेल अवधि भर उत्कृष्ट प्रदर्शन गर्दै क्षेत्र नं ३ का खेलाडी राजु लामा म्यान अफ दि सिरिज हुन सफल भएका छन् ।

प्रतियोगिता सफल बनाउनका निम्ति प्रत्यक्ष अप्रत्यक्ष रूपमा आर्थिक रूपमा, श्रमदान मार्फत, सल्लाह सुझाव मार्फत र अन्य विभिन्न तरिकाले सहयोग गर्नुहुने सम्पुर्ण सहयोगीहरू प्रति आयोजकले आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित