शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टरसँग टोटनह्याम पराजित

दैनिक नेपाल २०७७ चैत ३० गते १०:३८

लण्डन, ३० चैत । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई हराएको छ ।

आइतबार राति युनाइटेडले टोटनह्यामलाई ३–१ गोलले हराउँदै शीर्ष स्थानको सिटीसँगको दूरी घटाएको छ । युनाइटेडको जितमा फ्रेड, एडिन्सन काभानी र मासोन ग्रिनउडले गोल गरे ।

युनाइटेडले तेस्रो गोल थपिएको समयको अन्तिम मिनेटमा गरेको थियो । जितसँगै युनाइटेडको ६३ अङ्क रहेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ७४ अङ्क छ ।

आइतबार राति नै भएका अरु खेलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ३–० गोलले हरायो भने वेष्टह्यामले लेस्टर सिटीलाई ३–२ गोलले हराएको छ । वेष्टह्याम ५५ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित