शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

काठमाडौं एमालेका जिल्ला सदस्य एवं वडाध्यक्ष मालीको निधन

दैनिक नेपाल २०७७ चैत ३० गते ७:२३

काठमाडौं, ३० चैत । एमाले काठमाडौंका जिल्ला कमिटी सदस्य एवं कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।

मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।

सोमबार उनलाई श्रद्धाञ्जलि दिइने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने मेयर महर्जनले बताए ।

प्रतिक्रिया
सम्बन्धित