शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रदेश २ राजनीतिः मण्डल ‘आउट’, महतो ‘इन’

दैनिक नेपाल २०७७ चैत ३० गते ७:०१

काठमाडाैं, ३० चैत । प्रदेश २ को नेकपा एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ। नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले बहुमतबाट नेता मण्डललाई हटाएर महतोलाई चयन गरेको हो।

आइतबार जनकपुरस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बसेको बैठकमा १३ जना संसद सदस्यले बहुमतबाट संसदीय दलको नेतामा महतोलाई चयन गरेको सांसद प्रमोद यादवले बताए। मण्डल एमालेको संस्थापन पक्षका(नेपाल) नेता हुन्। बैठकले रवीन्द्र बैठालाई उपनेता चयन गरेको छ। प्रमुख सचेतक सुन्दर विश्वकर्मा र सचेतक बेचु लुङ्गेलीलाई कायम राख्ने निर्णय गरेको सांसद यादवले बताए।

सांसद यादवका अनुसार प्रदेशसभामा नेकपा एमालेको २१ सांसद छन्। जसमध्ये १३ जना सांसद सदस्यको बहुमत निर्णय सभामुख सरोज यादवलाई जानकारी गराइसकिएको छ। उनका अनुसार सोमबार बस्न लागेको प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलका नेताको भूमिका महतोले निर्वाह गर्ने छन्।

प्रदेश २ मा नेकपा विभाजन नहुँदा ३२ जना सांसद थिए। नेकपा विभाजित बनेपछि नेकपा (दहाल–नेपाल) सँग बहुमत १९ जना सांसद र नेकपा (ओली) सँग १३ जना सांसद बाँडिएका थिए।

नेकपामा दुई पक्ष भएपछि संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध नेकपा(दहाल–नेपाल) पक्षले पुस १३ गते विधानअनुसार अविश्वासको प्रस्ताव दर्ता गरायो। संसदीय दलको बैठक बोलाउन दहाल नेपाल पक्षका सांसदले प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा तथा सचेतक बेचु लुंगेलीलाई आग्रह गरेपछि बैठक बस्यो। र, मण्डललाई दलको नेताबाट हटाउँदै महतोलाई चयन गर्‍यो। सर्वोच्चको निर्णयले माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नकपालाई पुरानै अवस्थामा फर्काइदियो।

त्यसपछि नेकपा एमालेको संसदीय दलका नेतामा पुनः मण्डल फर्किए। अहिले फेरि उनी हटाइएका छन्। मिथिलेश यादवले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित