बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

भक्तपुरमा ढुंगा हानाहान हुँदा १९ जना घाइते

दैनिक नेपाल २०७७ चैत २९ गते ९:५९

भक्तपुर, २९ चैत । भक्तपुरमा बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान भएको छ ।

शनिबार राति ढुंगा हानाहान हुँदा १९ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

शनिबार अपरान्ह ४ बजेदेखि रथ तान्न शुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भक्तपुर नगरपालिका– १० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय दीपेश साँगाछें घाइते भएका थिए ।

रथ तान्ने क्रममा १८ वर्षीय मनीष सिन्ताकल, २२ वर्षीय रमेश माता, ३० वर्षीय अमिक त्वायना घाइते भएका छन । अर्का घाइते २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँच्चिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ ।

घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

अधिकांश व्यक्ति रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन ।

 

प्रतिक्रिया
सम्बन्धित