शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गीतकार दीप गिरीको ‘मन खाने माया’

दैनिक नेपाल २०७७ चैत २९ गते ९:४६

लन्डन । बेलायत बस्दै आएका गीतकार दीप गिरीले नयाँ गीत ‘मन खाने माया’ युट्युवमार्फत सार्वजनिक गरेका छन् ।

यस गीतमा नेपाल आइडलका तेश्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

संगीतकार शंकर थापाको संगीत रहेको यस गीतको संयोजन विश्व अधिकारीले गरेका छन । भिडियो निर्देशन गणेश शाहले गरेका छन् ।

रोनीको कोरियोग्राफि रहेको यस भिडियोमा डिमोन क्षेत्री, रोनी, श्रृजना जीसी र स्मृति श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

म्युजिक भिडियो हेर्दा नाचुँ नाचुँ लाग्ने खालको कमर्सियल गीत बनेको देखिन्छ ।

गीतकार दीप गिरीले आफनो सांगितिक यात्रा २०४९ सालबाट प्रतिविम्व ब्याण्डमा संगीतकार राजु सिंहसँग जोडिन पुगेपछिबाट शुरु भएको बताए ।

उनका गीतहरु कर्ण दास, जोन तण्डुकार, धनुषा सिंह, योजना पुरी, राज खाम्बु र साधना सरगमले स्बरवद्ध गरिसकेकाछन् भने हरि लम्सालको संगीतमा सुजन पराजुली र दीब्यानी शर्माको स्वरमा अर्को गीत रेकर्ड भइ सकको छ ।

प्रतिक्रिया
सम्बन्धित