शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

वीर गणेशमान सिंह स्मृति चौथो किक बक्सिङ प्रतियोगिताको उपाधी आर्मीको पोल्टामा

दैनिक नेपाल २०७७ चैत २९ गते ८:५१

चापागाउँ, २९ चैत । वीर गणेशमान सिंह स्मृति चौथो किक बक्सिङ प्रतियोगिताको उपाधी नेपाली सेनाको आर्मी क्लवले कब्जा गरेको छ ।

नेपाली कांग्रेसको खेलकुद विभाग र ललितपुर किक बक्सिङ संघले आयोजना गरेको प्रतियोगितामा आर्मीले सबैभन्दा धेरै ६ स्वर्णसहित १८ पदक जितेर उपाधी हात पारेको खेलकुद विभागका सचिव एवम् प्रतियोगिताका संयोजक मीनकृष्ण महर्जनले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपालको एपीएफ क्लव टिम दोस्रो भएको छ । रेज फिट्ने क्लव तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम भएका खेलाडीलाई ३० हजार, द्वितीय भएका खेलाडीलाई १५ हजार र तृतीय भएक दुई जना खेलाडीलाई ८–८ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ ।

नेपाल आर्मी क्लव ६ गोल्ड, ६ सिल्भर र ६ कास्य पदकसहित टीम प्रथम भएको छ । आर्मीले नगद एक लाख हात पारेको ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।

पाँच गोल्ड, पाँच सिल्भर र ३ कास्य मेडलसहित टिम एपीएफ दोस्रो भएको छ । टीम एपीएफले नगद ५० हजार पाएको छ ।

एक गोल्ड मेडल र एक कास्य मेडलसहित रेज फिट्नेश टिम थर्ड भएको छ । रेज फिट्नेशले २५ हजार पाएको छ ।

महिला बेष्ट किक बक्सरको उपाधी रेज फिट्नेशकी केजी गुरुङले जितेकी छिन् । उनले नगद २५ हजार पाएकी छिन् । उनले गोल्ड मेडल जितेर ३० हजार पनि हात पारेकी छिन् ।

पुरुष बेष्ट किक बक्सरको उपाधी एपीएफ क्लवका रोशन अछामीले जितेका छन् । उनले नगद २५ हजार प्राप्त गरेका छन् । अछामीले गोल्ड मेडलसहित ३० हजार जितेका छन् ।

वेब हिमालयले बेष्ट अनुशासनको पुरस्कार जितेको छ । वेब हिमालयले कपसहितको पुरस्कार पाएको छ । बेष्ट मार्च पासको उपाधी एपीएफ क्लवले जितेको छ ।

एफआईटीपीका उदयमान खेलाडीको उपाधी सुनिल घलानले जितेका छन् ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, करोत, तेक्वान्दो, उसु, बक्सिङ, म्वाइथाइ, फुल कन्ट्याक कराते, आईटीएफ, के वान, रेवानलगायतका टिम सहभागी हुने विभागका सचिव महर्जनले जानकारी दिएका छन् ।

पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुल्ला तौलतर्फको समूहबीच खुल्ला प्रतिस्पर्धा भएको थियो । महिलातर्फ ५५, ६०, ६५ र खुल्ला तौल समूहबीच प्रतिस्पर्धा गराइएको थियो ।

विगत चार वर्षदेखि चापागाउँमा किक बक्सिङ प्रतियोगिता हुँदै आएको छ । प्रतियोगिताको चैत २६ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए ।

प्रतियोगिता चैत २६, २७ र २८ गते तीन दिनसम्म चलेको थियो । प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, स्वयं सेवकलगायतलाई खानपिनदेखि बसोबासको व्यवस्था समेत गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन र समापनमा कांग्रेस सभापति देउवाका साथै महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, एनपी साउद, प्रवक्ता विश्वप्रकाश शर्मा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, प्रतिनिधि सभाकी सांसद महिन्द्र लिम्बु, पूर्व राज्यमन्त्री उदयशम्शेर राणा पूर्वसांसद रामहरि खतिवडा, गोदावरी नगरपालिकका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष रञ्जना घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित