शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दराज नव वर्षको भव्य सेल विभिन्न उत्पादनहरुमा अनेक छुटका साथ सुरु

दैनिक नेपाल २०७७ चैत २८ गते २१:३७

काठमाडौँ, २८ चैत । नेपालको अग्रणी अनलाइन बजार, र अलिबाबा समूह अन्तर्गत, दराजले नव वर्षको भव्य सेल– दराज नव वर्ष २०७८ अनेक छुट हरु लिएर आएको छ । यो अभियान अप्रिल ११ मध्य रातदेखि अप्रिल २०÷चैत २९ – वैशाख ०७, २०७८ सम्म चलिरहन्छ ।

नयाँ वर्षको भव्य सेल भनेर परिचित, यस अभियानमा विभिन्न उत्पादनहरुमा मूल्य कटौती छ । उदाहरणको लागि, रु, ४६,७२० को वल्पुल डबल डोर फ्रिज जम्मा ३८,९९९ मा; रु ६८,५९० को पानासनिक फ्रन्ट लोड वाशिंग मेशीन जम्मा रु ५७,९९९ मा; डेल वोस्ट्रो आइ–थ्री ल्याप्टोप मात्र रु ५४९९९ मा र वन प्लस नोर्ड १०० केवल ३३,९०० मा ।

विभिन्न उत्पादनहरु जस्तै घरका सामानहरू, ग्याजेटहरू, फेशन, किराना सामानहरू, र अधिक मा पनि यस्तै छुट छन् । साथै थप रूपमा, पूर्व–भुक्तानी छुट, भाउचर, र सिमित उत्पादनहरूमा निःशुल्क शिपिंग मार्फत अधिक बचतको लागि संभावनाहरू पनि छन्।

यस अभियानको बैंक पार्टनर छूट निम्नानुसार छन्ः

  • नबिल बैंकः डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • सानिमा बैंकः डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • एनएमबि बैंकः डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • मेगा बैंकः डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • कुमारी बैंकः डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • माछापुच्छ्रे बैंकः डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • सन् राइज बैंकः डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
  • एनइसी एशिया बैंकः डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा २० प्रतिशत ( रु १५००) सम्म छुट
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकः डेबिट कार्डमा १५ प्रतिशत (रु १०००) सम्म छुट/क्रेडिट कार्डमा १५ प्रतिशत ( रु१०००) सम्म छुट
  • हिमालयन बैंकः क्रेडिट कार्डमा २० प्रतिशत (रु११५००) सम्म छुट साथै ग्राहकहरुले आफ्नो ई–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि रु ५०० सम्मको विशेष छुट पाउन सक्नेछन् ।

यसबाहेक, भिसा कार्ड धारकहरूले दराजमा आफ्नो पहिलो खरीदमा पूर्व–भुक्तानी गर्दा २० प्रतिशत छुट (अधिकतम रु ५००) पाउनेछन् ।

यसैगरी एनआईसी बैंक, सनराइज बैंक लिमिटेड, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका ग्राहकहरूले ० प्रतिशत ब्याज दरमा सजिलो मासिक किस्तमा (इएमआइ) लिन सक्नेछन् ।

यस अभियानमा, खेल एक रुपैयाँको (वन रुपी गेम) जस्ता खेलहरू पनि प्रस्तुत गरिएको छ जसमा दराज प्रयोगकर्ताहरूले वन प्लस एन १००, डिजिकम ब्लुटुथ मल्टिमेडिया स्पीकर, एक्स–एज ट्याब ४० जस्ता पुरस्कार मात्र १ रुपैयाँ मा जित्न सक्छन् ।

भाग लिनको लागि उनीहरूले खेलमा चित्रित उत्पादन आफ्नो कार्टमा राख्नुपर्छ र बैंक कार्ड मार्फत १ रुपैयाँ तिरी चेक आउट गर्नुपर्छ । दराजले विजेताहरूको घोषणा गरेपछि सबै सहभागीहरूलाई रुपैयाँ १ फिर्ता गर्नेछ ।

नव वर्षको भव्य सेल नेपालमा अहिलेसम्मको हाम्रो सबैभन्दा ठूलो सेल अभियान हो । हाम्रा विक्रेताहरु तथा, भुक्तानी र डेलिभरी साझेदारहरूको चरम तयारी यसमा रहेको छ ।

तसर्थ, विविध उत्पादनहरुका साथ् यो भव्य सेललाई नेपालको ४५ भन्दा बदी सहर हरुमा रहने हाम्रा ग्राहकहरु सामु पुर्याउन निकै उत्साहित छौँ ।

साथै, हामी उच्चतम सन्तुष्टि सुनिश्चित गर्न हामी हाम्रा हजारौं साझेदारहरूसँग गम्भीरताका साथ् गरिरहेका छौँ । यो नेपालको सबैभन्दा ठूलो अनलाइन शपिंग प्रदायकको रूपमा हाम्रो जिम्मेवारी हो, ”दाराज एमडी लिनो अहलरिंगले भने।

यस अभियानमा सबैका लागि केहि चीज छ किनकि दराजले हजारौं विभिन्न विक्रेता मार्फत ५ लाख भन्दा बढी उत्पादनहरू आफ्नो अनलाइन बजारमा समावेश गर्दछ ।

यस दराजको नव वर्ष सेलमा विक्रेता र ब्रान्डहरुले पनि थप छुट दिनेछन, सबैभन्दा प्रमुख भने वन प्लस, मसाला बिड्स, अमार्य, मंत्र, अर्क, लोट्टो, सिजी लाइफ, बाल्ट्रा, काम्लिंत, म्याकेंरो, र फिलिप्स रहेका छन् ।

ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबै भन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउँदै छ । त्यस्तै गरी, ग्राहकहरूलाई समान खरीद गर्न अघि सँधै उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ ।

थप विवरणहरू कृपया हाम्रो अभियान पृष्ठमा हेर्नुहोस्ः https://click.daraz.com.np/e/_7kMGl

 

प्रतिक्रिया
सम्बन्धित