बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

ललितपुर मेयर कपको उपाधि एपीएफलाई

दैनिक नेपाल २०७७ चैत २८ गते १४:३१

काठमाडौं, २८ चैत । विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफ च्याम्पिएन बनेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले दिएको १०७ रनको लक्ष्य एपीएफले १६ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफका लागि ज्योति पाण्डेले ३६ रन बनाइन् । कप्तान सीता रानामगरले २७ रन जोड्दा इन्दु बर्माले १९ रनको योगदान गरिन् ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।

जितसँगै एपीएफले नगद तीन लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार पायो ।

प्रतिक्रिया
सम्बन्धित