बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

डाका मुद्धामा फरार अभियुक्त २७ वर्षपछि पक्राउ

दैनिक नेपाल २०७७ चैत २८ गते १०:१७

कञ्चनपुर, २८ चैत । कञ्चनपुर​मा डाका मुद्दाका फरार अभियुक्त सत्ताइस वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीले परासनका बलबहादुर सुनारलाई सत्ताइस वर्षपछि शुक्रवार पक्राउ गरेको जनाएको छ ।

कञ्चनपुर जिल्ला अदालतको २०५० साल असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र ६२ हजार ४१५ रुपैयाँ जरिवाना भएर लगतमा बसेका सुनारलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिएर २०३२ सालदेखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार २०४४, २०४८ र २०५० सालमा डकैतीकामा संलग्न रहेका थिए । सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रुपमा रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित