शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

गरिमा विकास बैंकद्वारा नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजनिक

दैनिक नेपाल २०७७ चैत २७ गते १५:४५

काठमाडौँ, २७ चैत । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको यस गरिमा विकास बैंकले नयाँ वर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

चैत २६ गते बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रम माझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेका थिए ।

यस गरिमा विकास बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिँदै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित