शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

सानिमा बैंकले ल्यायाे नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना, के के छन् सुविधा ?

दैनिक नेपाल २०७७ चैत २७ गते १४:०७

काठमाडौँ, २७ चैत । नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना” सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।

यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा अधिकतम् एक हजारसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% वा अधिकतम १ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०७७ चैत २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ ।

उक्त सम्झौता पत्रमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरे । सानिमा बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ ।

सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

विस्तृत विवरणको लागि जततउकस्ररधधध।कबलष्mबदबलप।अयmरउचयमगअतकरअबचमकरमष्कअयगलत(यगतभितक मा लगईन गर्नुहोला ।

प्रतिक्रिया
सम्बन्धित