बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गोली हानेर अमेरिकामा डाक्टरसहित पाँच व्यक्तिको हत्या

दैनिक नेपाल २०७७ चैत २७ गते ११:४१

क्यारोलिना, २७ चैत । अमेरिकाको दक्षिणी क्यारोलिनामा एक बन्दुकधारीले डाक्टर र उनका नातिनातिनासहित पाँच व्यक्तिको हत्या गरेका छन् । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार रकहिल भएको घटनामा ७० वर्षीय डा रोबर्ट लेस्लाई, ६९ वर्षीया बारबरा लेस्लाई र २ जना नातिनातिनाहरू मारिएका हुन् । मारिने बालबालिका ५ र ९ वर्षका रहेको जनाइएको छ ।

उनीहरूकै घरमा काम गर्ने ३८ वर्षीय जेम्स लुइस पनि मृत भेटिएको जनाइएको छ । परिचय नखुलाइएका छैठौं व्यक्तिलाई भने अस्पतालमा भर्ना गरिएको छ ।

गोली चलाउने व्यक्ति नजिकैको घरमा फेला परेको प्रहरीले जनाएको छ । एपी र एक स्थानीय मिडियाले बन्दुकधारी पूर्वएनएफएल प्लेयर फिलिप एडम्स रहेको उल्लेख गरेको छ। उनले आत्महत्या गरेको बताइन्छ ।

एडम्सको परिवार पीडितहरूसँग नजिक रहेका छन् र डा लेस्लीले पहिले उनको उपचार गरेका थिए ।

प्रहरीले घर घेरेपछि एडम्सले आफ्नै ज्यान लिएका छन । यद्यपि के कारणले उनले गोली चलाएको हो भन्नेबारे केही खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित