८ कार्तिक २०८३, आइतबार

ओली सरकारविरुद्ध कांग्रेस फिल्डमा उत्रियो

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको बिकल्प खोज्न शुरु गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकको निर्णयसँगै कांग्रेसले ओलीलाई सत्ताबाट फाल्ने गृहकार्य शुरु गरेको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचनसम्म सरकारमा जाने पक्षमा छैनन् । अहिले सरकारमा जाँदा वा नेतृत्व लिँदा काम गर्न नसकिने भन्दै देउवाले सरकारप्रति रुचि देखाएका छैनन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र गगन थापा, कृष्णप्रसाद सिटौलाहरूलाई सरकार चाहिएको छ । सांसद नै नरहेका पौडेलले किन सरकार चाहिएको हो कसैले बुझन् सकेका छैनन् ।

पौडेलले ४–५ महिना अगाडि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग आफ्नै निवास बोहराटारमा भेट गरेका थिए । चिनियाँ राजदूतलाई भेटेपछि पौडेलमा सत्ताप्रतिको चासो बढेर गएको चर्चा कांग्रेसभित्र हुन थालेको छ ।

ओलीका कारण चीन निकट रहेका नेताहरूलाई समस्या परेको छ । चीनले ओलीलाई जसरी पनि हटाएर नेपालमा आफ्नो पक्षमा राजनीतिक माहोल बनाउन खोजेको चर्चा पनि छ ।

ओली सरकारमा बलियो पोजिशनमा बसेका छन् । ओली सरकारमा रहँदासम्म कुनै पनि एमाले वा माओवादी नेताहरूको केही चल्नेवाला छैन ।

ओलीलाई कमजोर बनाउने रणनीतिअन्तर्गत कांग्रेस नेता पौडेलले कतै चीनको दवावमा सत्ताको कुरा गरेका त होइनन् भन्ने प्रश्न उठेको छ । पौडेलले सरकारको नेतृत्व महन्थ

ठाकुरलाई पनि दिएर भए पनि ओलीलाई बिस्थापित गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा देउवालाई कमजोर बनाउनका लागि पौडेलले सत्ताको कुरा निकालेको पनि कांग्रेसका नेताहरूभित्र चर्चा हुने गरेको छ ।

कांग्रेसका सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग वार्ता पनि गर्दै छन् । वार्ताबाट आउने सझावबाट सरकारबारेमा देउवाले निर्णय लिनेछन् । देउवाले ओलीलाई विस्थापित गर्न शुक्रबारबाट औपचारिक तयारी शुरु गरेको चर्चा हुन थालेको छ ।