शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

‘घिन्ताङ’मा लक्ष्मी बाहिरिएपछि केकीको इन्ट्री

दैनिक नेपाल २०७७ चैत २७ गते १०:५२

काठमाडौं । निर्देशक दीपक श्रेष्ठको कमब्याक फिल्म ‘घिन्ताङ’मा नायिकाको रुपमा केकी अधिकारी भित्रिएकी छिन् । यस अगाडि फाइनल भएकी नायिका लक्ष्मी बर्देवा फिल्मबाट बाहिरिएपछि निर्देशक श्रेष्ठले नायिकाको रुपमा लक्ष्मीलाई भित्र्याएका हुन् ।

निर्देशक श्रेष्ठले फिल्मका लागि बर्देवाको ठाउँमा केकीलाई राख्ने सहमति भएको बताए । ‘फिल्म छायाँकनका लागि हामी फ्लोरमा जाने तयारीमा थियौँ’, श्रेष्ठले भने, ‘त्यही समय मलाई कोरोना भयो ।’

‘सुटिङका लागि समयमै निस्कन नसकेकोले लक्ष्मीको सेडुल जुध्यो’, उनले भनेका छन् । सेडुल जुधेका कारण लक्ष्मी सहमतिमा फिल्मबाट बाहिरिएको निर्देशक श्रेष्ठले बताएका छन् । लक्ष्मी बाहिरिएपछि फिल्म लागि केकीसँग एग्रिमेन्ट गरेको उनले बताए ।

नायिका लक्ष्मीले पनि सुटिङ जुधेका कारण फिल्मबाट हात झिकेको बताइन् । ‘घिन्ताङ’बाट बाहिरिने लक्ष्मी दोस्रो अभिनेत्री हुन् । यसअघि एलिजा गौतम पनि फिल्मबाट बाहिरिएकी थिइन् ।

एलिजाले छाडेपछि दीपकले लक्ष्मीसँग फिल्म अभिनयका लागि एग्रिमेन्ट गरेका थिए । शुभ साइत गरिएको फिल्म वैशाख ७ गतेबाट शुरु हुँदैछ । फिल्ममा गौरव पहारी र केकी अधिकारीको मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित