५ मंसिर २०८३, शनिबार

प्रधानमन्त्रीका सल्लाहकार थापाद्वारा चार मन्त्रीको प्रशंसा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री र सांसद पद गुमाएका चार जना पूर्वमाओवादी नेताहरूलाई निष्ठाको राजनीति गरेको भन्दै प्रशंसा गरेका छन् ।

सल्लाहकार थापाले बिहीबार ट्वीट गर्दै मन्त्रीहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई त्यागी नेताको संज्ञा दिएका छन् ।

‘केवल पद प्रतिष्ठाको लागि राजनीति होइन, राजनीतिक निष्ठाको लागि सबथोक हैसियत त्याग गर्ने स्परिटसाथ लामो यात्रामा अघि बढ्नुभएको छ’, थापाले चार मन्त्रीहरूको प्रशंसामा भनेका छन् ।

‘उहाँहरूले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी नै छ’, थापाले भनेका छन् ।

माओवादी केन्द्रबाट प्रतिनिधि सभा निर्वाचनमा सांसद भएका उनीहरूको पद माओवालीले खारेज गरिदिएको छ । चार जना सांसदहरू माओवादी केन्द्र छाडेर उमालेतिर लागेपछि माओवादीले पद खाइदिएको हो ।