शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सुर्खेतको सिस्नेरी बस्तीमा आगलागी, नौ घर नष्ट

दैनिक नेपाल २०७७ चैत २७ गते १०:१३

फाइल तस्वीर

सुर्खेत, २७ चैत । सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् ।

बराहताल– ९ मा रहेको सिस्नेरी बस्तीमा आगलागी भएको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए ।

हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको छ । बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका वडाध्यक्ष कार्की बताए । सिस्नेरी गाउँमा १८ भन्दा धेरै घरधुरी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित