
दमौली, २६ चैत । तनहुँ उद्योग वाणिज्य संघ दमौली वजार ईकाईको २५ औँ साधारण सभा तथा ११ औँ अधिवेशनमा हर्षमान श्रेष्ठ साईरामले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
बिहीबार एक कार्यक्रमको वीचमा श्रेष्ठले वजार ईकाईलाई सशक्त बनाउनका लागि आफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
लामो समयसम्म तनहुँको दमौलीमा कार्यथलो वनाएर व्यापार व्यवसाय गर्दे आएका श्रेष्ठले व्यवसायीको हकहितको लागि उम्मेद्वारी दिएको बताए ।
व्यापार व्यवासाय राज्यको अर्थतन्त्रको मुल मेरुदण्ड हो तर यसको सहि व्यवस्थापन हुन नसक्दा व्यवसायीहरु धरासायी हुन लागेको भन्दै व्यवसायीको हक हित र उत्थानका लागि आफुले पहल गर्नका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।
व्यपार, व्यवसाय समृद्ध भएमात्र राज्यको अर्थतन्त्र पनि उकासिने हुदाँ त्यसलाई व्यवस्थित गर्नका लागि पनि आफनो उम्मेदवारी रहेको बताए ।
अव्यवस्थित वजारलाई व्यवस्थित गर्ने, राज्यद्धारा लागु गरिएको कर नितिलाई व्यवासयी मुखी वनाउने दीर्घकालिन योजना भएको उनले बताए ।
यही चैत २७ र २८ गते हुने अधिवेशनमा उम्मेदवारी दिएका श्रेष्ठले व्यवसायीको समस्यालाई समाधानका लागी पहल गर्नका लागि उम्मेदवारी दिएको हुदाँ सम्पुर्ण व्यवसायीलाई सहयोग गर्न पनि आग्रह गरे ।
श्रेष्ठ लामो समयदेखि पेय पदार्थ लगायत विभिन्न व्यापार व्यवसायमा जोडिदै आएका छन् । श्रेष्ठ व्यवसायीको बीचमा अनुभवी र कुशल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ ।















प्रतिक्रिया