शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

रिद्धि सिद्धि नुकड नाट्य यात्रा जारी

दैनिक नेपाल २०७७ चैत २६ गते २०:३८

काठमाडौँ, २६ चैत । नाटकले दर्शक समक्ष छाप छोड्दै रिद्धि सिद्धि सिमेन्टको आयोजनामा र विजय लक्ष्मी मिडिया फाउन्डेशनको समायोजनमा रिद्धि सिद्धि नुकड नाट्य यात्राको क्रम जारी रहेको छ ।

प्रदेश नं. २ को ८ वटा जिल्लाको विभिन्न ५० स्थानमा गरिने यो यात्रा अहिले ११ वटा ठाँउमा प्रस्तुत गरिएको छ ।

हालसम्म प्रदेश नं. २ को धनुषा जिल्लास्थित सबैला बजार, गोदार, धनुषाधाम र यदुकुहा बजार, महोतरीको बलबा र जलेश्वर, मटिहानि र पिपरा बजार र सर्लाहीको गोडैता, मलंगवा र होलीको अवसरमा दिनमा जनकपुरधाममा होली विशेष कार्यक्रम सम्पन्न गरियो ।

यो नाट्य यात्रामा प्रस्तुत गरिएको रिद्धि सिद्धि सिमेन्टको उपयोगिता विषयक नाटकले दर्शक समक्ष लोकप्रियता बटुल्न सफल भएको छ ।

यस नाटकमा प्रस्तुत गरिएको विषयवस्तुको नाटकियतामा दर्शकहरु मनोरञ्जन लिनुको साथसाथै आफनो भविष्यमा निर्माण हुने भौतिक संरचनामा प्रयोग हुने सबभन्दा महत्वपूर्ण पाटो सिमेन्ट प्रयोग गर्दा सचेत रहने विश्वास गर्न सकिन्छ ।

यस नाटकको नाम पनि सचेत राखिएको छ । यस नाटकमा दर्शकलाई भेला गराउन शुरुमा मैथिली नृत्य, मैथिली लोक गीतहरू प्रस्तुत गरी जनचेतनामूलक कार्यक्रम समापन गरियो ।

प्रतिक्रिया
सम्बन्धित