२ कार्तिक २०८३, सोमबार

चापागाउँमा गणेशमान सिंह स्मृति किक बक्सिङको प्रतियोगिता शुरु, देउवाद्वारा उद्घाटन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चापागाउँ, २६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन गरेका छन चैतको अन्तिम साता हुने भएको छ ।

सभापति देउवाले बिहीबार ललितपुर जिल्लाको गोदावरी नगरपालिका– ११ प्याङ्गाउँचौर, चापागाउँमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै देउवाले खेलको विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने आश्वासन दिए । चापागाउँमा खेलकुद विभागले ठूलो राशीका प्रतियोगिताको आयोजना गरेको भन्दै धन्यावाद समेत दिएका छन् ।

कार्यक्रममा सहभागी हुने क्रममा देउवालाई खेलाडी र स्थानीय सांकृतिक टोलीहरू झाँकीसहित भव्य रुपमा स्वागत गरेका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभाग तथा ललितपुर किक बक्सिङ संघले चैत २६, २७ र २८ गते तीन दिन प्रतियोगिता गर्नेछ । समापनको दिन कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले विजेता टिम र खेलाडीहरूलाई पुरस्कार वितरण गर्नेछन् ।

खेलकुद विभागका सचिव एवम् नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले सभापति देउवाले उद्घाटन गरेसँगै किक बक्सिङ प्रतियोगिता शुरु भएको बताए । बिहीबार पनि विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका महर्जन प्रतियोगिताका संयोजक पनि हुन् ।

उद्घाटन कार्यक्रममा सभापति देउवाका साथै केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, एनपी साउद, पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, पूर्वसांसद रामहरि खतिवडा, प्रतिनिधि सभाकी सांसद महेन्द्रा लिम्बु, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उप–मेयर मुना अधिकारी, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष रञ्जना तिमिल्सिना घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विभागका सचिव एवम् प्रतियोगिताका संयोजक महर्जनले स्वागत गरेका थिए ।

स्वागतका क्रममा सचिव महर्जनले कांग्रेसको प्राथमिकतामा खेलकुद पर्न नसकेको भन्दै गुनासो गरे । उनले सभापति देउवातर्फ संकेत गर्दै अबका दिनमा कांग्रेसले खेलकुद मन्त्रालयलाई आफैसँग राखेर खेलाडी, खेल क्षेत्रको विकासको नेतृत्व लिन अनुरोध गरेका थिए ।

सचिव महर्जनले खेलकुद क्षेत्रलाई कांग्रेसले आफ्नो मेरुदण्ड मान्नुपर्ने बताए ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, करोत, तेक्वान्दो, उसु, बक्सिङ, म्वाइथाइ, फुल कन्ट्याक कराते, आईटीएफ, के वान, रेवानलगायतका टिम सहभागी हुने विभागका सचिव महर्जनले जानकारी दिएका छन् ।

पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुल्ला तौलतर्फको समूहबीच खुल्ला प्रतिस्पर्धा हुने पूर्वराष्ट्रिय खेलाडी एवम् ललितपुर किक बक्सिङ संघका अध्यक्ष महर्जनले जानकारी दिएका छन् ।

महिलातर्फ ५५, ६०, ६५ र खुल्ला तौल समूहबीच प्रतिस्पर्धा गराइने संघका अध्यक्ष महर्जनले बताए ।

राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत रहेका महर्जनले प्रत्येक समूहमा प्रथम हुने खेलाडीलाई ३० हजार, दोस्रो हुनेलाई १५ हजार, तृतीय हुने दुई–दुई जना खेलाडीलाई ८–८ हजार नगद पुरस्कार प्रदान गरिने बताए ।

सबैभन्दा धेरै स्वर्ण पदक हासिल गर्ने टिमलाई नगद एक लाख, दोस्रो टिमलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार नगद प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी महिला र पुरुषलाई २५–२५ हजार पुरस्कार प्रदान गरिनेछ ।

खेलाडीलाई खान, बस्नलगायतको सुविधा पनि रहेको छ । कार्यक्रमको उद्घाटनका बेला विभिन्न झाँकीहरू पनि प्रस्तुत गरिएका थिए ।

उद्घाटन कार्यक्रममा सभापति देउवाले खेलाडीका साथै प्रतियोगितालाई आर्थिक र भौतिक सहयोग गर्नेहरूलाई सम्मान समेत गरेका थिए । देउवाले विश्व आचार्य, राजु बस्नेतसहितका पत्रकार लाई पनि सम्मान गरेका छन् ।