९ कार्तिक २०८३, सोमबार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

धादिङ, २६ चैत । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खनियावास गाउँपालिका–३ बस्ने ४१ वर्षीय घर्ती तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

२०५९ कात्तिक २९ गते खनियावास गाउँपालिका–३ केवरे देउरालीमा लागेको एकादशी मेला हेरी साँझ आफ्नो घरतर्फ फर्किन लागेको अवस्थामा कलङदुङ मुलबाटो देउरालीमा सोही ठाउँ बस्ने पर्शुराम तामाङलाई घर्ति समेतका व्यक्तिहरूले खुकुरी, ढुङगा र नाईनस्टिक समेत प्रहार गरी गम्भीर घाइते बनाई फरार भएकोमा पर्शुरामको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।

घटनामा संलग्न रही फरार रहेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।