८ कार्तिक २०८३, आइतबार

चार मन्त्रीको सांसद पद गुम्यो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । नेकपा एमालेमा लागेपछि माओवादी केन्द्रले गरेको कारवाहीका कारण ४ जना मन्त्रीहरुको सांसद पद गुमेको छ ।

वुधबार माओवादीले संसद सचिवालयमा दल त्यागको सूचना दिएकाे थियो ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएसँगै मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो ।

संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको छ ।

यसअघि ऊर्जामन्त्री रायमाझी, उद्योगमन्त्री भट्ट, श्रममन्त्री चौधरी र सहरी विकास मन्त्री साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाइएको थियो ।

उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछिल्लो पटक उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।

सभामुख सापकोटाले अर्को दलको केन्द्रीय कमिटी सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम दल त्याग गरेको सूचना दिएकोले ती ४ सांसदको पद रिक्त भएको राजनीतिक दलसम्बन्धी दफा ३५ को उपदफा १ बमोजिम र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को उपनियम १ बमोजिम पद रिक्त भएको सभालाई जानकारी गराएका हुन् ।