
काठमाडौँ, २६ चैत । नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै सरकारमा रहेका ४ जना सांसदको पद गुम्ने भएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार मन्त्री सांसद नभएको सूचना दिएसँगै उनीहरुको पद जाने भएको हो ।
संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको छ ।
यसअघि ऊर्जामन्त्री रायमाझी, उद्योगमन्त्री भट्ट, श्रममन्त्री चौधरी र सहरी विकास मन्त्री साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाइएको थियो ।
उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछिल्लो पटक उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।















प्रतिक्रिया