बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

एमाले सम्वद्ध सम्पर्क मञ्चले चैत २८ र २९ मा फुटसल प्रतियोगिता गर्दै

दैनिक नेपाल २०७७ चैत २६ गते १४:२८

काठमाडौँ, २६ चैत । नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं ३ ले जिल्ला स्तरिय बृहत फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

राजधानी काठमाडौँलाई आफ्नो कार्यक्षेत्र बनाएका नेकपा एमालेका कार्यकर्ताहरूले हाँडीगाउँस्थित धन्यनतरि फुटसल क्लबमा यही चैत २८ र २९ गते प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

स्थानिय पालिका प्रदेशदेखि केन्द्रसम्मका नेताहरूको उपस्थिति रहने कार्यक्रममा झापाका ५ वटा निर्वाचन क्षेत्रका १६ वटा टिमको सहभागिता रहने आयोजक झापा–काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं ३ का अध्यक्ष युवराज बस्नेतले जानकारी दिएका छन् ।

न्युनतम स्रोत साधनबाट संचालन गर्न लागिएको उक्त प्रतियोगिताका विजेताले नगद २५ हजार रुपैयाँ, शिल्ड मेडल र प्रमाण पत्र र उपविजेता टिमले नगद १५ हजार रुपैयाँ, शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् ।

त्यसैगरी म्यान अफ द म्याच, म्यान अब द सिरिज, टप स्कोरर, र वेस्ट किपिङ पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित