८ कार्तिक २०८३, आइतबार

सुनको भाउ एक हजार बढ्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । बिहीबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ ।

वुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । वुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।