शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

संसदको बैठक बस्दै, विवादास्पद सूचना प्रविधि विधेयक पेस गर्ने

दैनिक नेपाल २०७७ चैत २६ गते ९:०५

काठमाडौं, २६ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बैठकमा विवादास्पद सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस हुने कार्यसूचीमा उल्लेख छ ।

संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज बस्ने संसदको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

१३ पुस २०७६ मा संसदको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसको फरक मतका बाबजुद सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो ।

संसदमा पेस हुन लागेको विधेयकको प्रतिवेदनमा कांग्रेसको फरक मत समेटिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित