शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पत्रकार महासंघको मतगणनामा पोखरेलको समूह अगाडि, शर्माको समूह पछ्याउँदै

दैनिक नेपाल २०७७ चैत २६ गते ८:४५

काठमाडौं, २६ चैत । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना चलिरहँदा अध्यक्षका उम्मेदवार विपुल पोखरेलको समूहले अग्रता लिएको छ ।

मत गणना भइरहँदा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको हो । सबैभन्दा धेरै मतदाता भएको काठमाडौंसहित प्रतिष्ठान र केही जिल्लामा मतगणना चलिरहेको छ ।

केही जिल्लामा आज बिहानदेखि मतगणना सुरु हुने र केहीको भने मतपरिणाम आइसकेको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उमेदवारी रहेको छ ।

बुधबार ७७ वटै जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउँमा र एक एसोसिएट र दशरथ रङ्गशालामा गरी ९७ केन्द्रमा मतदान भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित