शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समग्र नाईहरूको व्यवसायिक विकासमा अब प्राइम बैंंकको साथ

दैनिक नेपाल २०७७ चैत २६ गते ६:२२

काठमाडौं, २६ चैत । प्राइम कमर्सियल बैंक लिमिटेडले जनसंख्याले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेशाको हिसाबले कपाल काट्ने पुख्र्यौली पेशा रहेका नेपालका नाईहरूको व्यवसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरूको छाता संगठन नेपाल नाई ट्रेड युनियनसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारी पत्रमा युनियनको तर्फबाट केन्द्रीय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका छन् ।

हातमा सिप भएका व्यक्तिहरूलाई स्वावलम्बी बनाई उनीहरूको पेशालाई व्यबसायीकरण गर्ने उद्देश्यले उक्त छाता संगठनका सम्पुर्ण बैंकिङ सेवा सुविधा एकै ढोकावाट उपलव्ध गराउने लक्ष्य बंैकले राखेको छ ।

बंैकले सदस्यहरूलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवम् अस्पताल भर्ना वीमा लगायतका सुविधाहरू पनि प्रदान गर्नेछ ।

 

प्रतिक्रिया
सम्बन्धित