बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एमाले प्रवेश गरेका सांसदलाई २४ घण्टे स्पष्टीकरण माग

दैनिक नेपाल २०७७ चैत २६ गते ६:०१

काठमाडौं, २६ चैत । माओवादी केन्द्रले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ ।

माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित बोहोरालाई २४ घण्टाभित्र जवाफ माग्दै बुधबार स्पष्टीकरण सोधेका हुन् ।

माओवादीको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेश सभामा निर्वाचित भए पनि पछिल्लो समय एमालेमा प्रवेश गरेको भन्दै दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने ? भनेर माओवादीले बोहोरालाई स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिएको २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न बोहोरालाई निर्देशन दिइएको छ ।

माओवादीले सर्वोच्चको फैसलापछि पूर्ववत् पार्टी ब्युँतिएपछि एमालेतिर लागेका सांसदहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रधानमन्त्री केपी ओलीको सरकारका मन्त्री रहेका प्रतिनिधिसभाका चार सांसदलाई हटाउने प्रक्रिया अगाडि बढाएको छ । लुम्बिनी र कर्णाली प्रदेशमा पनि एमालेमा लागेका प्रदेश सभा सदस्यहरूलाई पनि माओवादीले पार्टीबाट हटाएको छ ।

प्रतिक्रिया
सम्बन्धित