शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबीको ६ लाख ७ हजार हस्तान्तरण

दैनिक नेपाल २०७७ चैत २५ गते १७:१४

काठमाडौँ, २५ चैत । महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबिचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम ६ लाख ७ हजार ५ सय रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको छ ।

थाहा नगरपालिका वडा नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वडा नं. १ निवासी स्व. देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक क्रमशः ५ लाख २५ रुपैयाँ हकवाला कल्पना घर्ती र ८२ हजार ५ रुपैयाँ हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्न वर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रष्ट पारेको थियो ।

त्यसैगरि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याए मात्र गाँउको विकास हुने कुरा प्रष्ट पारेका थिए ।

उक्त कार्यक्रममा स्थानिय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित