बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

कतार एयरवेजद्वारा विश्वको पहिलो पूूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन

दैनिक नेपाल २०७७ चैत २५ गते १५:३३

दोहा, २५ चैत । कतार एयरवेजले अन्तर्राष्ट्रिय भ्रमणको उद्धरणको नेतृत्व गर्ने क्रमलाई जारी राख्दै, आज विश्वको पहिलो पूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन गरेको छ ।

केवल खोप लगाएका चालक दल तथा यात्रुहरू बोकेको क्यूआर ६४२१ ११ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो जहाँ यात्रुहरूलाई चेक–इनमा पनि खोप लगाएका कर्मचारीहरूले सुरक्षा जाँच गरेका थिए ।

उक्त उडान अपरान्ह २ बजे दोहा फर्किएको हो । एयरलाइनले बोर्डमा सुरक्षा र स्वच्छताको उच्चतम मापदण्डहरू सुनिश्चित गर्नका लागि राखेका सबै उपायहरू अपनाएको छ जसमा यसको नवीनतम, विश्वको पहिलो ‘जीरो टच’ मनोरञ्जन प्रविधि समावेश छ । यस विशेष सेवा एयरलाइनको सर्वोत्कृष्ट प्रविधियुक्त एयरक्राफ्ट, एयरबस ए ३५०–१००० द्वारा सञ्चालित गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित