शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सामुदायिक विद्यालय सहयोगका लागि सिभिल बैंकको सहयोग सुरेन्द्र ढकाल फाउन्डेसनलाई

दैनिक नेपाल २०७७ चैत २४ गते १९:०६

काठमाडौँ, २४ चैत । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आज एक कार्यक्रम आयोजना गरि सहयोग रकम हस्तानतरण गरेको छ ।

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्ताण्तरण गरे ।

पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो ।

साथै बैंकको हालसम्म ८९ एटिएम रहेका छन् । बैंकले हालसम्म करिव रु. ८२ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ७८ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

प्रतिक्रिया
सम्बन्धित