शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भोजपुरमा ट्रक दुर्घटना, एकजनाको मत्यु

दैनिक नेपाल २०७७ चैत २४ गते १६:४५

भोजपुर, २४ चैत । अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको बा३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक चालक अरुण गाउँपालिका–६ जरायोटारका २० वर्षीय जनक बहादुर खड्का गम्भीर घाइते भएकाले विराट नर्सिङ कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शव परीक्षण भने आज जिल्ला अस्पताल भोजपुरमा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले बताए । –रासस

प्रतिक्रिया
सम्बन्धित