८ कार्तिक २०८३, आइतबार

तनहुँ छाडेर काठमाडौंमा लड्ने रामचन्द्रको तयारी, कार्यकर्ताले छाडे साथ, किसानद्वारा स्वागत

13.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भानु, २४ चैत । तनहुँ जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्रका ५० भन्दा धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

शनिबार तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं. ५ मैबलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस र माओवादीका स्थानीय नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई एमालेका नेता एवम् सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले स्वागत गरेका हुन् ।

एमालेमा प्रवेश गर्नेमा माओवादी केन्द्रको किसान महासंघको उप–संयोजक चन्द्र भण्डारी, माओवादी केन्द्र तनहुँका जिल्ला सदस्य भोटे नेपालीसहित ५० भन्दा धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको सांसद श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका एमालेका नेता श्रेष्ठले पौडेलका नेता कार्यकर्तालाई एमालेमा भित्र्याएका छन् ।

तनहुँ जिल्लाको विकासमा कांग्रेस नेता पौडेलले ध्यान नदिएको र व्यक्तिवादी स्वार्थमा लागेकाले आफूहरू कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन् । कांग्रेस नेता पौडेलले तनहुँ जिल्लाको विकासमा सिन्को पनि नभाँचेको आरोप उनीहरू लगाएका छन् ।

‘रामचन्द्र पौडेल काठमाडौंमा बस्नु हुन्छ । काठमाडौंबाटै निर्वाचनमा उम्मेदवार बन्ने हल्ला चलेको छ’, कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका नवप्रवेशीहरूले कार्यक्रममा भनेका छन्, ‘आफ्नो जिल्ला तनहुँ छाडेर काठमाडौंमा रमाउने रामचन्द्र पौडेल जस्ता नेताहरू हामीलाई आवश्यक छैन ।’

कांग्रेस छाडेर एमाले प्रवेश गरेकी नवप्रवेशी सम्झना विकले कांग्रेसका नेताहरू केन्द्रमा बसेर गुटको राजनीति गर्ने, आफ्ना नाता र दातालाई मात्रै अवसर दिने, गाउँका जनताको आवश्यक्तामा ध्यान नदिएपछि एमालेमा प्रवेश गरेको बताएकी छिन् ।

सधैँ लोकतन्त्रको कुरा गर्ने कांग्रेसका वरिष्ठ नेता पौडेल निर्वाचनबाट डराएर निर्वाचन विरोधी हर्कत गर्दै आएको विकले आरोप लगाइन् ।

कांग्रेस नेता पौडेल गृहजिल्ला तनहुँमा हुने पार्टीका कार्यक्रममा गए पनि मुस्किलले वीस मिनट मात्रै बसेर शुरुमै बोलेर कार्यक्रमलाई अलपत्र पारेर हिँड्ने गरेको यसअघि पनि आरोप लाग्दै आएको थियो ।

गोविन्दराज जोशीलाई कारबाही गरेर पार्टीबाटै निकालेपछि पौडेल तनहुँमा कमजोर हुँदै आएका छन् । तनहुँमा नेता पौडेलले धेरै समय दिन छाडेका बेला कांग्रेस नेता कार्यकर्ताहरूले पार्टी छाडेर एमालेमा प्रवेश गरेपछि तनहुँ कांग्रेसभित्र चिन्ता बढेको छ ।

कांग्रेस र माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्नेहरूमा भोटे नेपाली, विष्णुमाया खवास, रीता खवास, सीताराम नेपाली, हीरा भण्डारी, भरत विष्ट, चिनियामायाँ विष्ट, राममाया विक, सम्झना विक, विष्णु परियार, स्मृति सुनार, प्रतिमा रानाभाटलगायतका रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय सभाकी एमाले सांसद भगवती न्यौपानेको पनि उपस्थिति रहेको थियो ।