शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

सानिमा बैंकको केवाईसी अनलाइनबाट अद्यावधिक गर्न सकिने

दैनिक नेपाल २०७७ चैत २३ गते २०:२६

काठमाडौँ, २३ चैत । सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइन माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।

सानिमा बैंकको ग्राहक महानुभावहरुले बैंकको वेबसाइट www.sanimabank.com मा लगइन गरी “अनलाइन केवाईसी अपडेट” मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्नुहुनेछ ।

यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आफूलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्नेछ ।

बैंकमा उपस्थित नभई आफू अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित