बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पूर्वविद्यार्थी समाजद्वारा नृत्य प्रतियोगिता आयोजना

दैनिक नेपाल २०७७ चैत २३ गते १३:५१

काठमाडौं, २३ चैत । दोलखास्थित श्री कुटीडाँडा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समाजले ‘खुला नृत्य प्रतियोगिता–२०७७’ आयोजना गरेको छ ।

शनिबार अत्तरखेलस्थित लिटिल बड इंगलिस मिडियम स्कुलको प्राङ्गणमा आयोजित प्रतियोगितामा १० वर्षभन्दा मुनिका त्यसभन्दा माथिका उमेर समूह गरी प्रतियोगीहरूलाई सहभागी गराइएको थियो ।

प्रतियोगीमध्ये १० वर्षभन्दा कम उमेर समूहबाट श्रुती रानी गिरी पहिलो, शिवानी खड्का दोस्रो र कृष्टिना खड्का तेस्रो भएका छन् । त्यस्तै १० वर्षभन्दा माथिको उमेर समूहबाट अप्सरा कार्की पहिलो, प्रमिशा खड्का दोस्रो र सजिना ठकुरीले तेस्रो स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायकमा डान्स कोरियोग्राफर नरेन मोक्तान र सलिना रावत थिए । उनीहरुले प्रतियोगीको हाउभाउ, स्टेज कभर, आई क्न्ट्याक्टलगायत १० वटा मापदण्डलाई आधार बनाएर अंक प्रदान गरी निर्णय गरिएको कोरियोग्राफर मोक्तानले जानकारी दिए ।

प्रतियोगिताका विजेताहरुलाई समाजले नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरेको छ । साथै यसअघि समाजले आयोजना गरेको हस्तलेखन प्रतियोगिता र मुस्कान प्रतियोगिताका विजेताहरुलाई पनि सोही अवसरमार पुरस्कारस्वरुप विभिन्न गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्रदान गरिएको समाजका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।

समाजले गरेको उक्त प्रतियोगितामा समाजका संरक्षक श्रीकृष्ण दाहालसहित वूर्वविद्यार्थी, शिक्षक तथा सर्वसाधारणहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा समाजका सदस्य समेत रहेका कलाकार सुरज शाहले क्यारिकेचर गरेर उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित