काठमाडौं, २३ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकबारे सचिवालयले सूचना जारी गर्दै जानकारी गराएको छ । सूचनामा आजको बैठकमा हुने सम्भावित कार्यक्रम बारेसमेत जानकारी दिइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्नेछन् ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश’ गर्ने कार्यक्रम रहेको सूचनामा उल्लेख छ ।











प्रतिक्रिया