शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडसँग सेभिया पराजित

दैनिक नेपाल २०७७ चैत २३ गते १०:१३

लण्डन, २३ चैत । स्पेनिस ला लिगाको उपाधि होड खुला भएको छ । आइतबार राति भएको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड सेभियासँग १–० गोल अन्तरले पराजित भएपछि दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनाका लागि पनि उपाधि होड खुला भएको हो ।

सेभियाका मार्कस अकुनाले खेलको ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । एट्लेटिकोको २९ खेलमा ६६ अंक छ ।

२९ खेल खेलेको रियल मड्रिड ६३ अंकसहित दोस्रो तथा एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ । एट्लेटिकोलाई हराएको सेभियाले पनि तेस्रो स्थानको बार्सिलोनासँगको दूरी ४ अंकमा झारेको छ ।

प्रतिक्रिया
सम्बन्धित