भक्तपुर, २३ चैत । पानी तान्ने मेशिन चोरी गर्न लागेको आरोपमा कुटपिट गरेर भक्तपुरमा कृष्ण गुरुङको हत्या भएको छ ।
स्थानीय बासीन्दाले कुटपिट गरेर काभ्रेपलाञ्चोक गुरुङको हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
कुटपिटबाट घाइते गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चाँगुनारायण नगरपालिका–२ बर्खेपाटीमा शनिवार राति पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै गुरुङलाई कुटपिट भएको थियो ।
कुटपिटमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेकबहादुर केसी, नवीन कोजु, विनोद लाखा, कमल खत्री र सनिशकुमार राय रहेका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।











प्रतिक्रिया